राजनीति

भीभीआईपीको भाइटीका (भिडियोसहित)


काठमाडौँ — आज तिहारको अन्तिम र विशेष दिन भाईटिका । भाईटिकाको अवसरमा सर्वसाधारण सहित मुलुकका शीर्षस्थ व्यक्तिवहरुले पनि आ–आफ्नो दिदीबहिनीबाट भाईटिका ग्रहण गरेका छन ।

आज हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन भाईटिका । भाइटिकाको अवसरमा सर्वसाधरण सहित देशका शीर्ष व्यतिmत्व र राजनीतिक दलका शीर्ष नेतृत्वहरुले पनि भाईटिका लगाएर तिहार मनाएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले भाई डेगेन्द्र पाँण्डेलाई भाईटीका लगाईदिएकी छिन । बिहान ११ बजेर २ मिनेटको शुभसाईतमा राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति भण्डारीले भाई डेगेन्द्रलाई भाईटीका लगाई दिइन् । उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुबाट भाइटीका लगाएका छन् ।

लैनचौरस्थित उपराष्टपति निवासमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा बहिनीहरुबाट टीका ग्रहण गरेका हुन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष के.पी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भने भाईटिका लगाएनन् । प्रचण्डले पारिवारिक जमघट गरे पनि टिका भने ग्रहण नगरेको जनाएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले भने परिवारमा जुठो परेकाले भाईटिका नलगाएको जनाएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन् । पूर्व राजा शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । शाहले लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नी बहिनी पार्वती भट्टराईको हातबाट भाइटीका लगाएका छन् । भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराई र उनको दाजुभाइलाई बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिएका हुन् । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ ।