राजनीति

राजनीतिक दलका शीर्ष नेताहरु एकअर्कालाई घोचपेच गर्नमै व्यस्त (भिडियोसहित)


काठमाडौँ — नेकपा एमालेको विभाजनपछि वैधानिक रुपमै केपी शर्मा ओली र माधवकुमार नेपाल दुई भिन्न पार्टीको नेतृत्व गरिरहेका छन् । हिजोका दिनमा एउटै पार्टीमा रहँदा विद्रोही बनेका नेपाल नेकपा एकिकृत समाजवादीको अध्यक्ष भने ओली एमालेको नेतृत्व गरिरहेका छन् । तर उनीहरुबीचको घोचपेच भने अझै एक अर्काप्रति लक्षित छ । नेता नेपालले त तिहारको शुभकामना दिँदासमेत ओलीलाई व्यङ्ग्य गर्न पछि परेनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालको टक्करकै कारण एमाले पार्टी फुटेको दुई महिनापुगी सकेको छ । झापा आन्दोलन हुँदै को–अर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र को अर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियानथालेका नेपालबीचकरिब ४७ वर्ष लामो सम्बन्ध भएपनि पछिल्लो समय उनीहरु संगै बस्न सकेनन् ।

मदन भण्डारीको मृत्युपछि कुनै बेलायी दुई नेता देश व्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे । उनीहरूमा पार्टी प्रतिको लगाव र मायाभने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे । तर पछिल्लो समय देखिएको खटपटले उनीहरूलाई फरक बाटो रोज्न बाध्य बनायो ।

उनीहरुलाई नेकपा हुँदा ओलीलाई गरिएको कारबाही र एमाले ब्युँतिएपछि नेपालमाथि चलाइएको कारबाहीले फुटको बाटोमा पुर्याईदियो । यो बीचमा एक–अर्का लक्षित बचनका तिखातिर पनि पार्टी फुटको मुख्य कारण बन्यो । आफु मात्र ठिक भएको प्रमाणित गर्न उनीहरुले यति तल गिरेरर अभिव्यक्ती दिएकी यहि कारण उनीहरु एक अर्काको मुखसम्म हेर्न सक्ने स्थीतीमा रहेनन् । तर अहिले फरक पार्टीमा रहेपनिउनीहरुबीचको यो घोचपेचको श्रृखला अझै टुङिगएको छैन ।

गाली गर्न एमाले अध्यक्ष केपी शर्मा ओली अझ माहिर मानिन्छन् । उनी गालीगलौजमा उक्रिन थालेपछि सायदै के बोले भन्ने पनि पत्तो पाउँदैनन् । जुन उनका शव्द चयनले आम नागरिकलाई यस्तै भान हुन्छ । पछिल्लो समय गालीगलौजको सिको पहिलो पुस्ताका नेताबाट दोस्रो तहका नेताहरुले समेत सिकिरहेका छन् । माधव नेपालको साथले नै एमालेमा आफ्नो प्रभाव देखाउँन सफल योगेश भट्टराई अहिले तर तीनै भट्राई अहिले ओलीको खेदो खन्न थालेका छन् ।

दुई फरक पार्टी भईसक्दा समेत आफूलाई सहि देखाउने नाममा उनीहरु आरोप प्रत्यारोप मै व्यस्त छन । त्यसमा पनि माधव नेपालले तिहारको शसभकामना दिँदा पनि ओलीलाई घोचपेच गरेपछि उनीहरुबीचको तिक्तता कुन तहमा पुगेको छ भन्ने प्रष्ट पार्छ । यसरी देशका तल्लोस्तरको गालीगलौजमा उत्रिएपछि सर्वसाधारण तथा नेता कार्यकर्ताले के सिक्ने प्रश्न उब्जिएको छ ।