समाचार

भारतीय फुलले नेपाली बजार चल्दै, नेपाली पुष्प व्यवसायी चिन्तित (भिडियोसहित)


काठमाडौँ – तिहारलाई झिलीमिली बत्ती तथा फूलहरूको चाडको रुपमा मानिदै आएको छ । यमपञ्चकदेखि तिहार सुरु भएर अन्तिम दिन भाइटीका सम्म मानिन्छ । चेलीबेटीले आफ्ना दाजुभाइलाई माला लगाउन सयपत्री तथा मखमली फूलको माला लगाइदिने गरेका छन् । तिनै फूलको व्यापार यतिखेर बजारमा बढि हुने गर्छ । तर, यो वर्ष फुलको मालाको व्यापार सन्तोषजनक नभएको बताउछन् ।

तिहारलाई उज्यालो र खुसीको सवैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । आफन्तबीच भेटघाट गर्ने र आत्मीयता साटासाट गर्ने महत्त्वपूर्ण अवसर पनि हो, चाडपर्व । यति बेला भाइटीकाको लागि बजारमा किनमेल गर्नेको घुइँचो छ । दाजुभाइलाई लगाइदिने टीका र माला किन्न दिदीबहिनीलाई भ्याइ–नभ्याइ भएको हो । विशेष गरी तिहारमा लक्ष्मी पुजाको दिन देखि नै फूलको माला प्रयोग गरिन्छ । अहिले बजारमा जताततै फुलको माला बिक्री गर्न राखिएको छ । लक्ष्मीपूजाका दिन झ्यालढोका र भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउने मखमली र सयपत्री माला यो वर्ष खासै बिक्री नभएको व्यापारीहरु बताउछन् । विशेष गरी नेपालमा विदेशि मालाहरु बढि भएको कारण पनि नेपालमा नै उत्पादन भएको फुलको माला बिक्री कम भएको कतिपय फुल व्यापारीको भनाई छ ।

यता उपभोक्ता भने तिहारमा चाहिने फूलको माला मात्र नभई जुनसुकै सामान पनि छोइ नसक्नु भएको तर्क गर्छन् । नेपालमा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । व्यापारीहरुले सरकारले भारतबाट जथाभावि फूल आयात गरेर बिक्री गर्नेहरुको निगरानी गरी निरुत्साहीत गरे नेपाली फूलको मालाले बजार पाउने व्यवसायीहरु बताउँछन् ।