राजनीति

आगामी निर्वाचनको मितिसम्मै सत्ता सञ्चालन गर्ने देउवाले लिए उद्घोष (भिडियोसहित)



काठमाडौँ – संविधानत व्यवस्था नभए पनि पछिल्लो समय राजनीतिक वृत्तमा अर्ली इलेक्सन चर्चामा छ । सत्तारुढ दलभित्रै अर्ली इलेक्सनको पेचिलो दवाव छ एमालेले अर्ली इलेक्सनमा अझ बढि जोड गरिरहेको छ । तर प्रधानमन्त्री शेर बहादुर देउवाले विहिबार दिएको अभिव्यतिm पछि भने मुलुक अर्ली इलेक्सनमा नजाने निश्चित जस्तै भएको छ ।


नागरिकले जनमत सहित पाँच वर्षका लागि सत्ता सुम्पे पनि तत्कालिन प्रधानमन्त्री के.पी शर्मा ओली नेतृत्व सरकारले दलभित्रको किचलोका कारण मुलुक अर्ली इलेक्सनमा जाने भन्दै संसद विघठन गरे । तर ओलीको निर्णयलाई अदालतले उल्टाई दियो । अदालतको परमादेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार निर्माण भयो । अहिले पाँच दलीय गठबन्धन सहितको सरकारले मुलुकको सत्ताको वाघडोर सम्हालि रहेको छ । सत्ता समिकरण सहितको सरकार पनि दलीय भागवण्डा र राजनीतिक किचलोमा व्यस्त हुँदा राज्य सञ्चालन गर्ने प्रमुख अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको अवस्था भद्रगोल छ । यो भद्रगोल अवस्थाको निकास चुनाव नै भएको भन्दै एमालेले प्रमुखताका साथ अर्ली इलेक्सनको जोडबल गरिरहेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले पनि सभापति देउवालाई अर्ली इलेक्सनमा जानुपर्ने दवाव दिईरहेका छन । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवा मिलेर मुलुकलाई अर्ली इलेक्सनतर्फ लाने आँकलन भए पनि अर्ली इलेक्सन नहुने संकेत देखिएको छ । पुस ५ को पहिलो प्रतिनिधिसभा विघटनलाई समर्थन गरेर निर्वाचनमा जानुपर्ने पक्षमा रहेका देउवाले तत्काल मुलुक अर्ली इलेक्सनमा नजाने स्पष्ट पारेका छन । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्था अनुसार निर्वाचन हुने र गठबन्धनको सरकार चुनावसम्म रहने दावी गरेका छन ।

नेकपा फुट पछि पार्टी निर्माण र संगठन विस्तारमा लागेका एकिकृत समाजवादी, माओवादी केन्द्र, जसपा लगायतका पार्टी भने तत्काल अर्ली इलेक्सनको विपक्षीमा छन । आफ्नो संगठन विस्तार गर्ने काम जोडतोडले लागेको सत्ता घटक दलहरु अर्ली इलेक्सनको विपक्षीमा छन । एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले पनि कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाडैँ नहुने बताएका छन । नेपालले संघीय संसद संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समय अनुसार हुने दावी गरे ।

अर्ली इलेक्सनले एमालेको पुनरागमन हुने र मुलुकले राजनीतिक निकास पाउने एमालेको दावी छ । सत्ता गठबन्धन घटक नै मिलेर आए पनि आगामी निर्वाचनमा एमाले ठुलो पार्टी बन्ने सपना एमालेले देखेको छ ।

अर्ली इलेक्सनका विषयमा संविधानत कुनै व्यवस्था छैन । ठूला दलहरुमा पनि यस विषयमा मतैक्यता छैन । सत्ता घटक दलहरुसँग भागवण्डा मिलाएरै भए पनि पुरा कार्यकाल मुलुकको नेतृत्व गर्ने दिशामा देउवा अगाडि बढेको देख्दा अब अर्ली एलेक्सन अर्थात तत्काल निर्वाचनको सम्भावना टरेर गएको देखिन्छ ।