समाचार

भाइटीका को उत्तम साइत, बिहान ११ बजेर २ मिनेटमा


काठमाडौँ – भाइटीका को उत्तम साइत कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।्

कात्तिक २० गते दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ।