समाचार

जुवा खेलिरहेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ



काठमाडौँ – जुवा खेलिरहेको आरोपमा वडाध्यक्षसहित पाँच जनालाई बिहीबार राति ११ बजे रुकुम प्रहरीले पक्राउ गरेको छ।

मुसिकोट नगरपालिका १३ नम्बर वडाका वडाध्यक्षसहित पाँच जनालाई बिहीबार राति ११ बजे मुसिकोट नगरपालिका १ मठबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पक्राउ पर्नेहरूमा वडाध्यक्ष दीपक केसीसहित घरधनी उत्तम खड्का, कमल बुढा, तोयराम वली र युगल पुन छन्।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा खालबाट ३२ थान कौडा, १ थान गलैचा र एक लाख आठ हजार दुई सय ९० नगद बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।