राजनीति

पिडितहरुले न्याय नपाएको भन्दै सर्वोच्चमा इजलास सुचारु गर्न कानून व्यवसायीहरुको माग


काठमाडौँ – अधिवक्ता सुन्दर सेनी, आकृति रायमाझी, कृष्ण प्रसाई लगाएतको एक समुहले सर्वोच्च अदालतमा इजलास सूचारु गराउन राष्ट्रिय मानव अधिकार आयोग संग माग गरेका छन् ।


अधिवक्ता सुन्दर सेनी, आकृति रायमाझी, कृष्ण प्रसाई लगाएतको एक समुहले आज राष्ट्रिय मानव अधिकार आयोगमा पुगी आयोग समक्ष ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।

उनिहरुले शर्वोच्चका न्यायधीशहरुले इजलास वहिस्कार गर्दा बन्दी, बालबालिका, ज्येष्ठ नागरिक लगाएत सिमान्तकृत र निमुखा वर्गका आवाजहरु दवाइएको भन्दै यो गम्भिर मानव अधिकारको उल्लंघनको घटनाका रुपमा लिन आयोग संग उपयुक्त छानविनको माग पनि राखेको छ ।

ज्ञापन पत्र बुझाउदै अधिवक्ता सुन्दर सेनीले न्यायमूर्तिले नै कानून र विधिको शासन विपरित जाने हो भने पिडित व्यक्तीहरुले न्याय कसरी पाउन सक्छ भन्ने प्रश्न गर्नु भयो । उहाँले आम जनताको न्यायमाथीनै कुठराघात भएकाले मानव अधिकारको ढोका ढकढक्याउनु परेको प्रतिक्रिया दिनु भयो ।

स्वतन्त्र कानून व्यसायी अभियानका अभियन्ता अधिवक्ता कृष्ण प्रसाइले शर्वोच्चका न्यायाधीसहरुले इजलास वहिस्कार गर्नु मानवता विरुद्धको अपराध भएकाले यसमा राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट छानवीन र अनुगमन हुनुपर्ने माग गरेका छन् ।

कानून व्यवसायीहरुको यही समूहले आज माइतिघर मण्डलामा प्रदर्शन सहित न्यायपालिका सुचारुका लागि हस्ताक्षर कार्यक्रम पनि गरेका थिए ।