समाचार

यस वर्ष लक्ष्मीपूजामा १ सय ४७ मेगावाटले बढ्यो विद्युतको माग


काठमाडौँ –यस वर्ष तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १ सय ४७ मेगावाट बढेको छ ।

गतवर्ष ११२३ मेगावाट रहेकोमा यस वर्ष साँझ सवा ६ बजेको पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।

विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा यस वर्ष भने आन्तरिक उत्पादनले नै पुगेको प्राधिकरणले जनाएको छ ।