राजनीति

देश विकासका लागि काँग्रेसको विकल्प नरहेको काँग्रेस नेता सिंहको भनाई



काठमाडौँ –नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि काँग्रेसको विकल्प नरहेको बताउनुभएको छ।

आज नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै काँग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक नै जित्ने भन्दै सिंहले कटाक्ष गर्नुभयो ।

यस्तै नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिनुभयो । सिंहले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गर्नुभयो । नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताउनुभयो । ०७४ को चुनावमा आफूसँग प्रतिस्पर्धा गरेका विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नै पार्टी जोगाउन नसकेको भन्दै ठूला कुरा गर्नुको अर्थ नरहेको बताउनुभयो ।

यस्तै नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिनुभयो । उँहाले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गर्नुभयो । नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताउनुभयो ।