राजनीति

राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्नुपर्छ –प्रधानमन्त्री देउवा



काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज भक्तपुरको थिमीस्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको हो । उहाँले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै पात्रोले सांस्कृतिक कुराहरुको बोध गराउने बताउनुभयो ।।