विदेश

कोरोनाको उच्च जोखिममा युरोप : डब्ल्यूएचओ


काठमाडौँ — युरोपेली मुलुकहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएको छ ।

विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली मुलकका जनताहरुले पर्याप्त खोप नलगाएका कारण फेरि एक पटक ती मुलुकहरु कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा डब्ल्यूएचओ युरोप प्रमुख हान्स क्लुगेले फ्रेबुअरी सम्ममा युरोपेली मुलुकमा कोरोनाको अवस्था भयावह हुन सक्ने र त्यसले लाखौंको ज्यान जान सक्ने बताएका छन् ।

युरोपेली मुलुकहरु फेरि एक पटक कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओले फ्रेब्रुअरीसम्ममा युरोपेली मुलुकहरुमा थप पाँच लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओ युरोपेली मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाउने प्रक्रिया सुस्त भएको दाबी गरेको छ ।