काठमाडौँ – सिरियाको राजधानी दमास्कस क्षेत्रमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेको छ । इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत हवाई हमला गरेको सैन्य स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
इजरायली हमलाबाट सिरियामा भौतिक क्षति भएको समाचारमा उल्लेख गरिएको छ । तर, क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् । सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि इजरायलले सिरियाली भूमिमा पटक—पटक आक्रमण गर्दै आएको छ ।
विदेश
प्रतिक्रिया