राजनीति

न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्छ : प्रकाशमान सिंह


काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताउनुभएको हो ।

सिंहले न्यायालयमा भएको बेथितीलाई गठबन्धन सरकारले हटाउनुपर्ने बताउनुभयो । उहाँले न्यायालयको यो अवस्था भइसक्दा समेत राजनीतिक दलका नेताहरुले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने बताउनुभयो ।

नेता सिंहले नेपाली काँग्रेसको कलहका कारण कम्युनिष्टहरुलाई फाइदा भएको बताउनुभयो । उहाँले आफूले पार्टी सभापतिमा दाबी गर्दा गलत दुष्प्रचार गरिएको समेत बताउनुभयो ।
नेता सिंहले सभापति देउवाले आफ्नो कार्यकाल सकिसक्दा समेत मै हुँ भनेर मनलाग्दीपन देखाएको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्तिको नभइ सिद्धान्तको पछि लाग्न अनुरोध गर्नुभयो ।