खेलकुद

ए डिभिजन लिगका लागि क्लबह तयारीमा व्यस्त


आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि यति बेला क्लब तयारीमा व्यस्त छन् । २९ कात्तिकबाट हुने लिगमा यो संस्करणका १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

सातदोबाटो युथ क्लब यो संस्करणमा नयाँ टोलीको रुपमा प्रतिस्पर्धा गर्दै छ भने अन्य टोलीले पनि खेलाडी सरुवा बजारको भरपुर सदुपयोग गर्दै लिगको उपाधि लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेका छन् । १४ क्लबको सहभागिता रहने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ ।

त्यसका लागि अखिल नेपाल फुटबल संघले गत साता टाईसिट पनि सार्वजनिक गरिसकेको छ । बढुवा भएको टोलीलाई अनुभवि प्रशिक्षक मेघराज केसीले सम्हाल्दै छन् । अनुभवि ए डिभिजन लिग क्लबसँग प्रतिस्पर्धा गर्न केसीले टोली राम्रो बनाउन निकै मिहिनेत पनि गरिरहेका छन् ।