काठमाडौँ – भारतबाट धेरै परिमाणमा फुल आए पछि नेपाली ब्यबसायीले मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको ब्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।
भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्रि हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान ब्यापारीले गुनासो गरेका छन् । काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान ब्यापारी भने निराश देखिएका छन् ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ ।
प्रतिक्रिया