देश

आजदेखि अत्यावश्यक बाहेकका सरकारी र गैरसरकारी कार्यालय बन्द


काठमाडौँ – आजदेखि तिहार बिदा सुरु भएको छ । अत्यावश्यक बाहेकका सरकारी तथा गैरसरकारी कार्यालय आजदेखि बन्द भएका हुन् ।
ती कार्यालय अब तिहारपछि मात्रै खुल्ने छन् । यसैबीच, सर्वोच्च अदालतले तिहार बिदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणका रिटको दर्ता र सुनुवाइ गर्ने भएको छ ।
आजदेखि आगामी आइतबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत आंशिक रूपमा खुला रहने सर्वोच्चका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिनुभयो । शनिबार बाहेक मुद्दा हेर्ने गरी न्यायाधीशहरूको रोस्टर तयार गरी बिदा व्यवस्थापन गरिएको सर्वोच्चले जनाएको छ ।