समाचार

महाकवि देवकोटाको आज ११३ औं जन्मजयन्ती


काठमाडौँ – नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज मनाइँदैछ । महाकविको जन्मजयन्तीको अवसरमा स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् ।

काठमाडौंको डिल्लीबजारमा रहेको देवकोटाको सालिकमा माल्यार्पण गरि विविध साहित्यिक कार्यक्रम पनि गरिँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।