राजनीति

न्यायालयले आफ्नो समाधान आफै खोज्नु पर्ने डा.महतको धारणा


काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीशले आफैं गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने महतको धारणा थियो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता महतले बुधवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या तत्काल अन्त्य हुनुपर्ने पनि बताए ।

प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रस्ट्याउँदै न्याय क्षेत्रमा देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उनले बताए ।