राजनीति

सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने प्रधानमन्त्री देउवाको दाबी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताउनुभएको छ । कोप–२६ सम्मेलनमा भाग लिएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै किसिमको शंका नगर्न आग्रह गर्नुभयो ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको पनि जानकारी गराउनुभएको छ । कोप–२६ सम्मेलनको क्रममा भएको भेटमा मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको उहाँले बताउनुभयो ।

मोदीले पनि आफूलाई भारत भ्रमणको निम्तो दिएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । नेपालप्रति भारतको सद्भाव देखिएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । एमसिसीलाई नआत्तिन भनेको समेत उहाँले बताउनुभयो ।