काठमाडौँ – आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतले आज अफगानिस्तासँग खेल्दैछ । अबुधाबीमा हुने यस खेलमा अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा भारत रहेको छ ।
सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुने खतरा समेत छ । भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्याण्डसँग ठुलो अन्तरले पराजित भएको थियो ।
सुरुवाती दुई खेलमा ठुलो अन्तरको हारले भारतीय टिमको मनोबल कमजोर देखिन्छ । प्रतियोगितामा फर्कन भारतलाई ठुलो अन्तरको जित चाहिएको छ । अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सूरु हुनेछ ।
प्रतिक्रिया