राजनीति

चीनले दिएको १६ लाख खोप स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण


काठमाडौँ – चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १६ लाख खोपको मात्र आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई हस्तान्तराण गरिएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

गत साउन १ गते प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत यान्छीले अनुदान स्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराइने जानकारी दिएकी थिइन्।