राजनीति

प्रधानमन्त्री देउवा र एमसीसी सीइओबीच भेटवार्ता, सम्झौता अनुमोदनबारे पुनः अमेरिकी चासो


काठमाडौँ – राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)को साइडलाइनमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी सीइओ एलेक्सिया लोटोर्टुबीच आज भेटवार्ता भएको छ । सो भेटमा सीइओ लोटोर्टुले नेपाली संसदबाट एमसीसी अनुमोदनमा भैरहेको ढिलाइप्रति चासो राखेकी थिइन् ।

जवाफमा देउवाले एमसीसीमा राष्ट्रिय सहमती जुटाउन सरकारले प्रयत्न गरिरहेको र सबैलाई मतैक्य तुल्याएर मात्र एमसीसी अनुमोदन गर्नेतर्फ अघि बढ्ने बताउनुभएको थियो । एमसीसी पास नहुँदै संघीय संसदको अधिवेशन अन्त्य गरिएकोप्रति निराशा व्यक्त गरेको अमेरिकाले प्रधानमन्त्रीलाई साइडलाइनमै भेटेर चासो राखेको हो ।