समाचार

विराटनगर भन्सार नाकाबाट साढे सात करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात



काठमाडौँ – नेपालीहरुको दोस्रो महान पर्व तिहार र छठ पर्वका लागि जोगबनी नाकाबाट मात्र साढे सात करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ । दियो र पाला बाल्ने परम्परा हराउँदै जाँदा बर्सेनि झिलिमिली बत्तीको आयात बढ्दै गएको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार तिहारमा प्रयोग गरिने खाद्य सामग्री र बत्तीमा मात्र यस वर्ष १८ करोड ५ लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ । त्यसमध्ये ७ करोड ५८ लाख ७७ हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ । गत वर्ष अन्य नाका बन्द हुँदा यो नाकाबाट २४ करोड ७३ लाख ३४ हजार मूल्य बराबरका बत्ती भित्रिएको थियो ।