समाचार

तिहारको दोस्रो दिन आज बिहानै मनाइयो काग तिहार, कुकुर तिहार पनि आजै


काठमाडौँ – तिहारको दोस्रो दिन आज बिहानै काग तिहार मनाइएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँएको हो ।

बिहान सवा ७ बजेसम्म काग तिहार र त्यसपछि कुकुर तिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहिआएको छ ।