काठमाडौँ – अफगानिस्तानकै ठूलो सैनिक अस्पतालमा आज भएको शक्तिशाली बम विस्फोटमा परेर १९ जनाको मृत्यु भएको छ भने ४३ भन्दा बढी घाइते भएका छन् । राजधानी काबुलस्थित मोहम्मद दाउद खान सैनिक अस्पतालमा आज दिउँसो दुईवटा विस्फोट भएको थियो ।
विस्फोटमा परि करिब १९ जनाको मृत्यु भएको र ४३ भन्दा बढी घाइते भएको काबुलस्थित आन्तरिक मामला मन्त्रालयले जनाएको छ । सो अस्पतालमा हवाई फायरसँगै विस्फोट गरिएको अफगान सरकारका सह प्रवक्ता बिलाल कारिमीले बताएका छन् ।
यद्यपि, घटनाको विस्तृत विवरण भने हालसम्म प्राप्त हुन नसकेको उनले जनाएका छन् । उनका अनुसार अफगानिस्तानकै ठूलो ४ सय शैया भएको मोहम्मद दाउद खान सैनिक अस्पतालको प्रवेशद्धारमा दुईवटा विस्फोट गरिएको छ ।
प्रतिक्रिया