राजनीति

माधव नेपाल भन्छन् – अर्ली इलेक्सनको कुनै सम्भावना छैन


काठमाडौँ – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सनको कुनै सम्भावना नरहेको बताउनु भएको छ । अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसै–कसैले चाहेजस्तो अर्ली ईलेक्सनको सम्भावना नरहेको बताउनु भएको हो ।

मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा सत्तारुढ दल भित्र छलफल भईरहेको जानकारी समेत दिनु भयो । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताउनु भयो ।