राजनीति

अब एमालेको सरकार बनेपछि कसैले ढाल्छु भनेर नचिताए हुन्छ : केपी ओली


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई निकै समय लागेको बताउनुभएको छ । ओलीले एमालेको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको बताउनुभएको हो । मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब बन्ने एमाले नेतृत्वको सरकार कसैले ढाल्छु भनेर पनि नसक्ने दावी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको सरकार साढे तीन बर्षमा बल्ल ढाले । पहिला पनि एकपटक ढालेका थिए । पहिले सरकार बनेको नौ महिनामा ढालेका थिए । अहिले साढे तीन बर्ष लाग्यो, अव बनेपछि कसैले ढाल्छु भनेर कसैले नचिताए हुन्छ’, ।

त्यस्तै उहाँले राम जानकीको सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउने एमाले नै भएको भन्दै जनतालाई एमाले सरकारले गरेका काम देखाउन आग्रह गर्नुभयो ।