राजनीति

सर्वोच्चका न्यायाधीश पुन: आन्दोलनमा, आजको इजलास पूर्ण बहिष्कार


काठमाडौँ – प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेनन् । सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले आज भने सुनुवाइ गरेनन् । असन्तुष्ट न्यायाधीशहरू आज फेरि ‘हड्ताल’ मा उत्रेका छन् । इजलास बहिष्कार गरेर न्यायाधीशहरू बैठक बसिरहेका छन् ।

अदालतको गतिरोध अन्त्य गर्न असन्तुष्ट न्यायाधीशहरूले ३ जना न्यायाधीशको वार्ता टोली बनाएका थिए । प्रधानन्यायाधीशले सम्मानजनक बर्हिगमनको विषय उठाएपनि त्यसबारे थप सहमति नजुट्दा सर्वोच्चको विवाद समाधान हुन सकेको छैन ।