काठमाडौँ — सामलिङ पावर कम्पनीको आइपीओ आज बिहान बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गरिनेछ । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ । यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।
जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३१.६७ गुणा बढी हो । यद्यपि, अन्तिम तथ्यांक भने फरक पर्नसक्छ । सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो ।
प्रतिक्रिया