खेलकुद

अल्मुताइरी र एन्फाबीच २०२४ सम्मका लागि सम्झौता


काठमडौँ नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ ।

साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि पहिलोपटक अब्दुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीका टिम व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालको जर्सीसहित उनीसँग २०२४ सम्मका लागि सम्झौता भएको जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अब्दुल्लाहले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाइँ भन्न नसकेर नेपाल फर्किएको बताएका छन् ।