राजनीति

प्रधानन्यायाधीश जबराले आज पनि मुद्दा नहर्ने



काठमाडौँ –सर्वोच्च अदालतमा अन्य मुद्दाको सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै आज पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि मात्रै छ वटा इजलास तोकिएका छन्।

जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन् । आज पनि प्रधानन्यायाधीश जबराले कुनै पनि मुद्दाको पेशी आफ्नो इजलासमा तोकेका छैनन्।