समाचार

स्वास्थ्य मन्त्रालयले गर्यो तिहारमा घर जानेका लागि खोप कार्यक्रम सुरु



काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जान लागेका यात्रुहरुका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।

कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । दुईदिनसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।

आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ । खोप निशुल्क लगाइने छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुईदिनमा नसकिए यो कार्यक्रम थप गर्न सकिने जानकारी दिए । पहिलो चरणको खोप लगाएकालाई दोस्रो र पहिलो नै नलगाएकालाई पहिलो चरणको खोप लगाइने जानकारी दिए ।

सरकारले नागरिकका लागि सहज बनाउन यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।