राजनीति

प्रदेश १ मा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै



काठमाडौँ – प्रदेश १ र कर्णालीमा नयाँ सरकार बन्दै छ । प्रदेश १ मा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।

प्रदेश १ मा एमालेका भीम आचार्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको तर्फबाट समाजवादीका राई मुख्यमन्त्री बन्न लाग्नुभएको हो । कर्णालीमा पूर्वसहमति अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुभएको हो ।

दुबै प्रदेशमा गठबन्धनका दलहरू सरकारमा सहभागी हुने छन् । केन्द्रसँगै प्रदेशको राजकीय सत्तामा पनि एमालेको उपस्थिति शुन्य भएको छ । यसअघि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको सरकार थियो ।