राजनीति

सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पु¥याउने नेपालको लक्ष्य


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पु¥याउने नेपालको लक्ष्य रहेको बताउनुभएको छ ।

कोप–२६ मा सहभागी विश्व नेताहरुको शिखर बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सन् २०३० भित्र कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने पनि बताउनुभयो ।

नेपाल पेरिस सम्झौता कार्यान्वयनप्रति पूर्णतः प्रतिबद्ध रहेको देउवाले बताउनुभयो । उहाँले विकसित मुलुकहरूले अनुकूलन र उत्थानशील कार्यक्रमका लागि चाहिने सहयोग सहज तरिकाले उपलब्ध गराउनुपर्ने पनि बताउनुभयो ।