समाचार

मिथिला क्षेत्रमा आज धनतेरस मनाइँदै



काठमाडौँ – दीपावलीको पहिलो दिन आज मिथिला क्षेत्रमा धनतेरस मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा धनतेरस भनिन्छ ।

यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । घरघरमा आज साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । मिथिलामा आज किनिएको सामानले शुभफल दिने, टिकाउ र नाफा दिने जनविश्वास छ ।

मिथिलामा मिथिला पञ्चांग र विद्यापति पञ्चांगका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चांगमा आज नै धनतेरस उल्लेख रहेको छ ।