समाचार

यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु



काठमाडौँ –प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।

आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भोलि परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसैबीच, आगामी शनिबार बिहान ११ बजेर २ मिनेटमा बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । उहाँका अनुसार राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।