देश

तिहारमा चाहिने सामान नाका मै रोकिदा व्यापारीहरु निराश, बेच्ने समान नै छैन (भिडियोसहित)


काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार घर आगन मै आइपुगेको छ । तिहार नजिकिएसंगै यति बेला काठमाडौं उपत्यकाको बजारमा तिहारमा चाहिने सामानहरु उपलब्ध छन् । तर, यो वर्ष धेरै जसो सामान विदेशबाट आउने भएको कारण नाकामा मै रोकिएको व्यापारीहरुको गुनासो छ ।

यस वर्षको तिहार असोज १७ दे सुरु हुँदैछ । तिहारलाई फूल, बत्तीको रौनक र प्रकृतिको पूजा हुने कारणले यो पर्वलाई रमाइलो पर्वका रुपमा लिने गरिन्छ । तिहारको समयमा विशेष प्रयोग हुने सामनहरु झिलीमिली बत्ती, तामा पित्तलका भाडा दियो, मखमली र सयपत्रीको फूलमाला, प्लास्टीकका मालाहरु, भाइमसला, सप्तरंगी टिका लगायतका तिहार सामाग्रीले यतिवेला बजार डाकिएका छन् । भाइमसलाको लागि काठमाडौको मुख्य स्थान मख्खन गल्लीमा अन्य व्यापारीहरुले पनि तिहारको सामान विक्रिका लागि राखेका छन् । तिहार आउन लगभग १५ दिन अगाडीदेखी यस्ता बस्तुको व्यापार सुरु हुने गर्दछ । तर, तिहारका लागि चाहिने धेरैजसो वस्तु विदेशबाट आयात गर्नु पर्ने बाध्यता छ । त्यसैले गर्दा यो वर्ष चाडवाड लक्षित सामान नाकामा नै रोकिएको व्यापारीहरुको गुनासो छ ।

तिहारमा बदाम, ओखर, काजु, किसमिस, पेस्ता आदि ड्राइ फ्रुटलाई भाइ मसलाको रुपमा प्रयोग गर्ने प्रचलन छ । स्वदेशी उत्पादन नाम मात्रैका छन् । विदेशी उत्पादनले नेपालीका प्रमुख चाडपर्व धानिएका छन् । सिजनमा व्यापारीहरुको सामान रोकिदा व्यापारीहरु मर्कामा परेको नेपाल राष्ट्रिय व्यवसायी महासंघ उपध्यक्ष मनोजबावु श्रेष्ठ बताउछन् ।

दूर्भाग्य, हाम्रो देशका ठूला दलका ठूला नेताकै घरमा स्वदेशी उत्पादनहरु मुस्किलले भेटिन्छन । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने मामलामा दल र नेताहरु उदाशिन देखिन्छन् । त्यसैले पनि नेपालीहरु विदेशी उत्पादन कै भरमा पर्नुपर्ने वाध्यता रहेको छ ।