राजनीति

मुख्यमन्त्री भीम आचार्यको बर्हिगमन : संघ र प्रदेशमा एमाले पूर्ण प्रतिपक्षमा (भिडियोसहित)


नेकपा एमालेमा विभाजन आएपछि अल्पमतमा परेका प्रद्रेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री आचार्यको राजीनामासँगै प्रदेश सरकारमा एमालेको उपस्थिति शुन्य भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । एकलबहुमतको आधारमा मुख्यमन्त्री बनेका आचार्यले मुख्यमन्त्री भएको ६८ दिनपछि सोमबार पदबाट राजीनामा दिएका हुन् । बहुमतप्राप्त दलको संसदीय दलको नेताका रूपमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य अल्पमतमा परेपछि मुख्यमन्त्री भएको ६८ दिनमा पदबाट राजीनामा दिएका हुन् ।

एमाले विभाजनपूर्ण माधव कुमार नेपाल समूहमा रहेका आचार्यमाथि मुख्यमन्त्री पदको लोभमा सो समूह छाडेरको आरोप लाग्दै आएको छ । अष्टलक्ष्मी शाक्यलाई जस्तै आचार्यलाई पनि ओलीको साथ भारी प¥यो । जनताको काम र अपेक्षाले आफु नेतृत्व सरकारको माग गरेकाले राजीनामा ढिला भएको बताउँदै संसदीय अंकगणितले मेल नखाएकाले निकास दिने निर्णयमा पुगेको आचार्यले बताएका छन् । तर जुनसुकै सरकार बने पनि एमालेले रचनात्मक सहयोग गर्ने आचार्यको भनाई छ । सबै दलहरु मिलेर जानु र देश निर्माणको विकल्प नभएको पनि स्पष्ट पारे । देश निर्माण गर्ने कुरामा दलहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री आचार्यको राजीनामासँगै प्रदेश सरकारको नेतृत्वबाट पनि एमालेको बर्हिगमन भएको छ । के.पी शर्मा ओली नेतृत्व नेकपा एमाले अब संघ हुँदै प्रदेशमा पनि पूर्ण प्रतिपक्षमा पुगेको छ । प्रदेशमा, प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अब शून्यको अवस्थामा पुगेको छ । पार्टी फुटका कारण अल्पमतमा परेपछि यसअघि नै वाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेल पदमुक्त भैसकेका छन् । एमालेको चरणवद्ध सरकार बर्हिगमनको मुख्य कारक प्रचण्ड र माधवकुमार नेपाल भएको कतिपय एमाले नेताहरुको टिप्पणी छ । यद्यपि आगामी निर्वाचनमा पुन नेकपा एमाले नम्बर एक पार्टी बन्दै अहिले गुमेको सत्ता एमालेले एक्लै प्राप्त गर्ने नेताहरुको दावी छ ।

जनमत सहित मुलुकको शतिmशाली पार्टी बनेको नेकपाले झन्डै तीन वर्ष सत्ता सञ्चालन गर्यो । सरकार सहित पार्टीको समेत जिम्मेवारी सम्हालेका ओलीको एकल शासन पद्धति विरुद्ध उभिएका माधव कुमार नेपालको वर्हिगमन एमालेलाई महंगो प¥यो । संघमा दुई तिहाई बहुमत सहितको सरकारको अस्तित्व समाप्त गरे । प्रदेश पनि नेकपा एमाले विहिन भएको छ । आगामी निर्वाचनमा पुन सत्ता कब्जा गर्ने नेकपा एमालेको दावी र राजनीतिक दाउपेच कतिको सफल हुन्छ त्यो भने भोलिको दिनले देखाउने नै छ ।