राजनीति

प्रदेश १ का मुख्यमन्त्रीले राजीनामा दिएसँगै प्रदेश सरकारमा एमालेको उपस्थिति शुन्य

४९ सांसदको हस्ताक्षरसहित राजेन्द्र राईद्धारा मुख्यमन्त्रीमा दाबी


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै उनले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ । गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराइने भएको छ ।