कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए २२८ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १६२, भक्तपुरमा १६ र ललितपुरमा ५० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घन्टामा मुलुकभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या नौ जना रहेको छ ।