राजनीति

कर्णालीका मुख्यमन्त्रीले आजै राजीनामा दिने तयारी, ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै पदबाट राजीनामा दिने हुनुभएको छ । मुख्यमन्त्री शाहीले राजीनामा दिनु अघि बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन निर्देशन गरिएको छ । मुख्यमन्त्री शाहीले आजै राजीनामा दिने तयारी गर्नुभएको हो ।

यसअघि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीले कांग्रेससँग सत्ता साझेदारीको सम्झौता गर्नुभएको थियो । कांग्रेससँगको सम्झौताअनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गर्नुभएको हो । कर्णालीमा अब कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री हुने जनाइएको छ ।