काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २ हजार ८१९ दशमलव ८६ विन्दुमा झरेको छ ।
आज बैंक, होटल र लगानी समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, उत्पादन, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २२६ कम्पनीका एक करोड ३४ लाख कित्ता शेयर ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कामना सेवा विकास बैंकको शेयर भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया