राजनीति

प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ : कृष्णचन्द्र नेपाली


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यता विपरित गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन् हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

उहाँले प्रक्रियामा गईसकेको मिडियासम्बन्धि विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढन आफूहरु तयार रहेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले पत्रकारहरुकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कानुन नबनाउने बताउनु भयो ।