राजनीति

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दिए राजीनामा


काठमाडौँ – प्रदेश नम्बर एकका मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको थियो । त्यसोत विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४७ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४१ सांसद भएकाले विश्वासको मत पाउन नसक्ने देखिएपछि आचार्यले पदबाट राजीनामा दिनुभएको हो ।

सम्बोधनका क्रममा उहाँले आफूले पहिल्यै पनि राजीनामा दिन चाहेको तर जनताका कारण नदिएको उहाँले दाबी गर्नुभएको थियो ।