समाचार

२४ शहरमा पुग्यो भायनेट,जनकपुर र बर्दिबासमा पनि सेवा विस्तार


काठमाडौँ – नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले २४ शहरमा आफ्नो सेवा विस्तार गरेको छ । भायनेटले तराईका दुई शहर जनकपुर र बर्दिबासमा एकैसाथ सेवा सुचारु गरेसँगै आफ्नो सेवा विस्तार गरेकाे हो ।

भायानेटले समय समयमा ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि संचालन गर्दै आएको छ । जसका कारण ग्राहकले कम लागतमा नै गुणस्तरीय इन्टरनेट सेवाको लाभ लिएका छन् । यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न भायनेतले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिनातथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवाप्रदान गर्ने र पहिलो १०० जनावार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ ।

जनकपुर र बर्दिवासमा इन्टरनेट सेवाविस्तारका सम्बन्धमा जानकारी दिंदै कम्पनीका सिइओ श्री सेवा पाठकले भन्नु भयो “हामी ग्राहकहरुलाई उच्चकोटी एवं उच्च क्षमताको तीव्र गतिको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौं । हाम्रा प्राविधिकहरु हर हमेसा त्यही लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन् । मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिना कुनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफलहुनु हुनेछ ।”

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवाउपलब्ध गराएको थियो भनें सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवाप्रदान गर्न विश्वकाप्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवाविस्तार गर्ने उद्देश्य राखेको छ ।