राजनीति

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च परिसरमा दोस्रो दिन पनि प्रदर्शन


काठमाडौँ – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आज पनि आन्दोलन गरेका छन् । कानून व्यवसायीहरूले जबराविरुद्ध आज दोस्रो दिन सोमबार पनि १० बजेदेखि सर्वोच्च अदालत परिसरमा कालो पट्टी बाधेर प्रदर्शन गरेका हुन् ।

कानून व्यवसायीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । उनीहरुको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विरोध प्रदर्शन गरेका हुन् । हिजो पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ ।

१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ ।