राजनीति

म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतले दुई पार्टी बनाइदियो : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने निश्चित भएको दिनमा अदालतले एमाले र माओवादीलाई दुई पार्टी बनाइदिएको बताएका छन् ।

सोमबार काठमाडौँमा भएको एक बोल्दै दाहालले त्यसबेला आफूहरुसँग ७५ प्रतिशत पार्टी पकड रहेको उल्लेख गर्दै ओली नसुध्रिएकाले कारवाही गरेर आफूलाई संसदीय दलको नेता चयन गरिएको बताए । उनले भने “७५ प्रतिशत हामीसँगै थियो । ओली नसुध्रिएपछि पार्टीबाट निकालिएको हो । पूर्वमाओवादीमात्रै भएर दुई तिहाइ भएको होइन । संसद्बाट हटाइयो,” उनले भने, “ओलीलाई निकालेपछि म प्रधानमन्त्री हुने पक्का भएको थियो । दलको नेता मलाई चयन गरेको थियो । म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतले दुई पार्टी आ आफ्नै बाटो बनाइदियो ।”