राजनीति

बौद्ध दर्शनलाई आत्सात् गरे मात्र शान्ति सम्भव : राष्ट्रपति भण्डारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताउनुभएको छ । आईतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताउनुभएको हो ।

यस्तै कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिनुभएको छ । उहाँले सो विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताउनुभएको छ ।