राजनीति

कोप–२६ सम्मेलनलाई प्रधानमन्त्री देउवा आज सम्बोधन गर्दै,भारतीय समकक्षीसँग पनि भेट्ने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन स्टकल्याण्ड पुग्नुभएको छ ।
कोप–२६ सम्मेलनलाई प्रधानमन्त्री देउवाले आजै संबोधन गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने तय गरिएको छ । प्रधानमन्त्री देउवाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने तय गरिएको छ ।

भोलि नै श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग साइडलाइन बैठक गर्ने तय गरिएको छ ।