समाचार


काठमाडौँ — काठमाडौँको चाबहिलस्थित तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ । सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा पनि विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको हो ।

तरकारी तथा फलपूmल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद गर्न र गराउन सजिलो भएको छ । यसले पारदर्शीताको काम पनि गर्ने भएकाले लोन लिन चाहने व्यापारीहरुलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने छ ।
बाइट…सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत, सनराईज बैंक लिमिटेड
महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले विद्युतीय कारोबारले खरिद विक्रीको कामलाई सजिलो बनाइ दिएको पनि स्पष्ट समेत पारे ।

तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिए । पैसा हराउने झन्झट पनि नहुने भन्दै तरकारी बजारमा विद्युतीय कारोबारका लागि क्यूआर कोडको व्यवस्था गरिदिएकोमा उनीहरु उत्साहित देखिए ।

सनराईज बैंकले हालसम्म १० हजार भन्दा बढि व्यापारिक केन्द्रमा विद्युतीय भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिसकेको छ । नगद कारोबारलाई सहज बनाउन आफूहरुले विद्युतीय कारोबारका लागि आवश्यक प्रविधि भित्र्याउन जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।